
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।


आइतबार दिउँसो साढे ४ बजेतिर जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर निर्मला गम्भीर घाइते भएकी थिइन्।
उपचारका क्रममा उनको डडेल्धुरा अस्पतालमा सवा ५ बजेतिर मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उपेन्द्रबहादुर बमले जानकारी दिए।
प्रहरीले जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको छ।
