Skin_Hospital_Dhn

बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु

बाजुराः बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ।

खप्तड छेडेदह गाउँपालिका–३ धुरतोला वस्ने दिल्लीबहादुर रावतको छोरा ८ वर्षीय विजय रावतको मृत्यु भएको हो।

बालकलाई सोही ठाउँको सेली घरदेखि अन्दाजी २ किलोमिटर टाढा रहेको छानो (गोठ)को आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरी छानोदेखि अन्दाजी १५० मिटर टाढा बालकलाई छाडेर बाघ भागेको र बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सम्बन्धित
Loading...