Skin_Hospital_Dhn

प्रधानमन्त्री ओलीद्वारा लेखक कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले लेखक तथा पत्रकार कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पर्ण गरेका हुन्। उनी केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए।

कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन्। किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए।

सो क्रममा उनले एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि अवलोकन गरेका छन्। गत चैत १५ गते भएको प्रदर्शनका कारण एकीकृत समाजवादीको कार्यालयमा क्षति पुगेको थियो।

सम्बन्धित
Loading...