Skin_Hospital_Dhn

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी

काठमाडौं: त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्यसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सघंका दीपकराज जोशी विजयी भएका छन्।

जम्मा मतदाता ३१ सय १८ जना रहेको त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ७८९ मतसहित सभापति पद पक्का गरे। उनले एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले पछि पारे। सिद्धान् ७८१ मतसहित दोस्रो भए। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्ववियु निर्वाचन भएको थियो।

यहाँ विद्युतीय मेशिनमा मत खसालिएकाले नतिजा पनि चाँडो आएको हो। यसअघि उक्त क्याम्पसमा स्ववियु निर्वाचनको विवाद अदालत पुगेपछि निर्वाचन रोकिएको थियो। विवादमा उच्च अदालत, पाटनले निर्वाचन रोक्न दिएको अन्तरिक आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेपनि सोमबार निर्वाचन भएको हो।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सवै विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारी परेको थियो। क्याम्पसमा ६ हजार बढि विद्यार्थी मतदाता थिए  तर आधा मात्रै मतदान भएको थियो।

अन्तिम परिणाम

नेविसंघ (दीपकराज जोशी)- ७८९
अनेरास्ववियु (सिद्धान्त भट्ट )-७८१
क्रान्तिकारी (प्रविन दाहल)-७२७
स्वतन्त्र (पद्मा भुषाल)-१६६
स्वतन्त्र (उज्ज्वल खड्का)-७१७

सम्बन्धित
Loading...