Skin_Hospital_Dhn

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं: नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।

सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ।

सम्बन्धित
Loading...