
डोटी: चलिरहेको बोलेरो जिपबाट खसेर डोटीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आदर्श गाउँपालिका-२ कुचेडाका गाडी साहु ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहरा रहेका छन्।

सोमबार बेलुकी ६ बजेतिर दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको बोलेरो जिपको पछाडिको ढालामा बसिरहेका बोहराको ढालाबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिपबाट खसेका उनलाई तत्कालै उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको र उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। जिपबाट खस्दा उनको छाती र टाउकोमा चोट लागेको थियो।
आदर्श गाउँपालिका-३, नुवाकोटका २३ वर्षीय गाडी चालक विराज भट्टलाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ।
