
काठमाडौँ ।
आज (बुधबार) बसेको सत्तारुठ गठबन्धनको बैठकले भोली (बिहीबार)सम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाका विषयमा लगभग सहमति जुटेपनि कुन दललाई कुन मन्त्रालय दिनेबारे अझै टुंगो लाग्न नसकेको बताइएको छ ।

बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने जानकारी दिएका छन् ।
