
धनगढीः कैलालीको धनगढी रंगशालामा धनगढीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले प्रतियोगिताको आयोजना गर्ने भएको हो।

युवा संघले चैत २९ गतेदेखि वैशाख २ गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागेको बताइन्छ। प्रतियोगिताको प्रथम पुरस्कार २ लाख २५ हजार, द्वितीय एक लाख २५ हजार र तृतीय पुरस्कार ७५ हजार रहेको आयोजकले जनाएको छ।

चैत १९ गतेबाट सञ्चालन हुने भनिएको भलिबल प्रतियोगिता स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका कारण स्थगित गरिएको थियो। लागुऔषधविरुद्धको अभियानका रूपमा युवा संघले खेलकुदलाई जोड्न प्रतियोगिताको आयोजना गर्न लागेको बताएको छ।
