
धनगढी ।
कैलालीको चुरेमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया पवित्रा थापा मगरको भिरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर फर्किनेबेला थापाको भीरबाट लडेर मृत्यु भएको गाउँपालिकाका कर्मचारी लोकेन्द्रबहादु बोहराले जानकारी दिएका छन् ।
