Skin_Hospital_Dhn

बैतडीमा विभिन्न कार्यक्रम गर्दै मनाइयो एड्स दिवस

बैतडीमा विभिन्न कार्यक्रमका साथ ३५ औँ विश्व एड्स दिवस मनाइएको छ । जिल्लाका सरोकारवालाहरू  र संक्रमितहरुसंग अन्तरक्रिया कार्यक्रम र गोठलापानी बजार चोकमा दीप प्रज्वलन जस्ता कार्यक्रम गरी मनाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेस भट्टले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय र एमपिडिएस को आयोजनामा सञ्चालित कार्यक्रममा सरोकारवालाहरूले समाजमा रहेका एचआइभी संक्रमितलाई सबैले सम्मान गरी समाजमा प्रतिस्थापन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

आफूहरूलाई औषधी लिन टाढाँ टाढाँ आउनुपर्ने भएकाले आउन जान लाग्ने खर्चमा समस्या हुने भएकाले खर्चको व्यवस्थापन गरिदिनुहुन संक्रमितहरुले संक्रमितहरुको लागि काम गर्ने सस्थाँहरु सँग माग गरेका थिए ।

जिल्लमा २२६ पोजेटिभ व्यक्ति रहेका र यिनीमध्येका सात जना सम्पर्क विहीन रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । समयमै रोग पत्ता लगाई नियमित औषधी सेवन गरे यो रोग निर्मूल नभए पनि बिरामी स्वास्थ्य व्यक्ति जतिकै बाच्ने स्वास्थ्यकर्मीहरुले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले संक्रमितहरुको क्षेत्रमा काम गर्ने संघसस्था र स्थानियतहले एक आपसमा समन्वय गरी अघि बढ्नुपर्ने बताए ।

सम्बन्धित
Loading...