Skin_Hospital_Dhn

महासंघ कैलालीले गर्‍यो पत्रकारहरूसँग अन्तरक्रिया

धनगढी: पत्रकार हत्या, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण र तोडफोडको विरोधमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले पत्रकारहरूसँग अन्तरक्रिया र छलफल गरेको छ।

मंगलबार महासंघको कार्यालयमा जिल्लास्थित पत्रकारका संगठनका प्रमुख र पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो। पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार पत्रकारहरूसँग अन्तरक्रिया गरिएको शाखाका अध्यक्ष श्रवण देउवाले बताए।

पत्रकारहरूले विभिन्न किसिमका सुझावहरू दिएको र ती सुझावलाई कार्यान्वयन गरिने पनि उनले जनाए। अन्तरक्रियामा पत्रकार महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष भरतबहादुर शाह, निवर्तमान अध्यक्ष योगेश रावल, महासंघका केन्द्रीय सचिव बैकुण्ठराज पराजुली, केन्द्रीय सदस्य सरेश पन्त, नेपाल प्रेस यूनियन सुदूरपश्चिमका अध्यक्ष मनमोहन स्वाँरलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा केन्द्रीय सचिव पराजुलीले पत्रकार सुरेश रजकका विषयमा महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेर अगाडि बढेको बताए। पत्रकारहरूको हकहितका लागि पनि केन्द्रले पहल गरिरहेको बताए।

केन्द्रीय सदस्य पन्तले पत्रकारविरुद्ध हुने आक्रमणलगायतका घटनामा सबै एकजुट भएर अघि बढ्नुपर्ने औंल्याए। यसका साथै उनले पत्रकारहरूले पनि आचारसंहिताको पूर्ण पालना गरेर काम गर्नुपर्ने बताए।

सम्बन्धित
Loading...