
धनगढीः कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा चैत २७ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि प्राज्ञिक विद्यार्थी परिषद् र स्वतन्त्र समूहबाट सचिव पदका लागि लवदेव धामीले उम्मेदवारी दिएका छन्।
स्ववियुको निर्वाचनअन्तर्गत सोमबार मनोनयन दर्ताको कार्यतालिका अनुसार धामीले सचिव पदको लागी उम्मेदवारी दर्ता गराएको जानकारी दिए। बैतडीको सुर्नया गाउँपालिका घर भएका धामी पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा अगाडि छन्।


नयाँ सोच,योजना र उदेश्यसहित केही गर्छु भन्ने भावना भएका धामी हाल कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह पाँचौँ सेमेस्टरमा पत्रकारिता विषय लिएर अध्ययन गरिरहेका छन्।
पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा अब्बल र सक्रिय भइरहने जज्ञासु स्वाभावका धामीले क्याम्पसमा अध्ययनरत विद्यार्थीको हकहित तथा समग्र क्याम्पसको विकासका लागि केही गर्ने इच्छा रहेको बतााए। उनले कैलाली बहुमुखी क्याम्पस विद्यार्थीहरूलाई अमूल्य मत दिएर सहयोग गरिदिन अपिलसमेत गरे।
विद्यार्थीका हरेक गतिविधि, घटना र बिभिन्न समस्यासँग जुध्ने काम गरेपनि सुनुवाई र आवाजहरू समाधान हुन नसकेको उनको भनाइ छ।
