Skin_Hospital_Dhn

चैतन्य पाठशाला धनगढीले ब्रिजकोर्ष पढाउने

धनगढी: कैलालीको धनगढीमा रहेको चैतन्य एकेडेमी तथा चैतन्य पाठशालाले ‘चैतन्य ब्रिजकोर्ष’ पढाउने भएको छ।

मंगलवार चैतन्य पाठशालाले पत्रकार सम्मेलन गरी नयाँ वर्षदेखि ब्रिजकोर्ष पढाउने जानकारी दिएको हो। चैतन्य एकेडेमी तथा पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले ब्रिजकोर्षको पाठ्यक्रम १० र ११ बीचको अन्तरलाई पूरा गर्नका लागि तयार गरिएको बताए।

उनले ब्रिजकोर्षले विद्यार्थीको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्दै प्रतिष्ठित कलेज तथा प्लस् टुमा छात्रवृत्ति सजिलै पाउन सहज हुने बताए। एसइई दिएर बसेका विद्यार्थीहरूका लागि उच्च शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले चैतन्य एकेडेमी यहीँ चैत २० गते बिहान ७ बजे र साँझ ४ः३० बजेबाट ब्रिजकोर्षका कक्षा सञ्चालन हुने जोशीले बताए।

चैतन्य ब्रिजकोर्षले जीवनको यात्रामा कक्षा दशको विद्यार्थी समुदाय तथा राष्ट्रको लागि भविष्य भएकाले उच्च शिक्षा हासिल गर्न ब्रिजकोर्ष सहयोगी हुने जोशीले बताए। उनका अनुसार चैतन्य ब्रिजकोर्ष पढ्न चैत महिनाभित्र भर्ना हुने विद्यार्थीले केबल तीन हजार शुल्क मात्रै तिर्नुपर्नेछ।

चैतन्य ब्रिजकोर्षका अलावा चैत महिना भरि भर्ना हुने विद्यार्थीलाई अन्य कोर्षमा समेत ५० प्रतिसत छात्रवृत्तिको सहुलियत हुनेछ। ब्रिजकोर्षमा प्रत्येक हप्ता नमूना परीक्षा हुनेछ। दक्ष शिक्षकको समूहद्वारा सुबिधा सम्पन्न कक्षामा शिक्षण गराइने पाठशालाका अध्यक्ष जोशीले बताए।

उनका अनुसार ब्रिज कोर्षमा भर्ना हुने विद्यार्थीलाई आयरल्यान्डका चैतन्य स्वयम् सेवी शिक्षकबाट निःशुल्क अङ्ग्रेजी बोलीचाली तथा व्याकरणका कक्षा सञ्चालन हुनेछ।

सम्बन्धित
Loading...