Skin_Hospital_Dhn

सुदूरपश्चिम प्रदेशसभाको अवरोध हटाउने विषयमा सत्ता गठबन्धनबीच छलफल

धनगढी: सुदूरपश्चिम प्रदेशका सत्ता गठबन्धन दलहरूबीच छलफल भएको छ। मंगलबार प्रदेशसभामा जारी अवरोध हटाउने विषयमा गठबन्धन दलहरूबीच छलफल भएको हो।

बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने, सरकारले पर्याप्त मात्रामा विजनेस दिनुपर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले बताए।

यसैबीच, सभामुख भीमबहादुर भण्डारीले मंगलवार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक भने बस्न सकेन। बैठकमा सत्तापक्षको उपस्थिति नभएपछि कार्य व्यवस्थाको बैठक नबसेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए। सो बैठकका लागि प्रतिपक्षी दलको भने उपस्थिति भएको थियो।

फजुल खर्च कटौती, राजनीतिक नियुक्ति, सुशासन लगायतको विषय अगाडि सारेर प्रतिपक्षी दलले प्रदेश सभामा अवरोध गर्दै आएका छन्। प्रतिपक्षीले उठाएको विषयमा सहमतिका लागि पटक पटक बैठक बसे पनि सहमति भइसकेको छैन। सोमवार बोलाइएको सर्वदलीय बैठक पनि बिना कुनै निष्कर्ष टुंगिएको थियो।

सम्बन्धित
Loading...