Skin_Hospital_Dhn

भाटभटेनीका सुरक्षागार्ड पराजुली पुरस्कृत

काठमाडौं: भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाले सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुरक्षागार्ड पराजुलीलाई आज एक कार्यक्रमबीच पाँच लाख एक हजार एक सय एघार रुपैयाँसहित पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरे।

गत १५ गते राजावादीको आन्दोलनका क्रममा कोटेश्वरस्थित सुपरमार्केट शाखामा लुटपाट गर्न पुगेका प्रदर्शनकारीको प्रतिकार गरी ठूलो क्षति हुनबाट जोगाएका थिए।

सम्बन्धित
Loading...