Skin_Hospital_Dhn

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डकी सकमक्षी पे थोङ थान शिनवातबीच द्विपक्षीय भेटवार्ता भएको छ।

बुधवार थाइल्याण्डको राजधानी बैंककको सरकारी भवनमा शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई सरकारबीच सांस्कृतिक सम्झौता भएको छ। साथै पर्यटन सहयोग सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ।

सांस्कृतिक सम्झौतापत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र थाइल्याण्डका तर्फबाट संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोलले हस्ताक्षर गरे। नेपाल र थाइल्याण्ड सरकारबीच पर्यटन सहयोग सम्बन्धी समझदारीपत्रमा थाइल्याण्डका तर्फबाट पर्यटन तथा खेलकुदमन्त्री सोरावङ तिएन्थोङले सम्झौतापत्रमा हस्ताक्षर गरे।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ। महासंघ र थाइल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो। दुवै देशका प्रधानमन्त्रीहरूको उपस्थितिमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरे।

यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने, तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ। साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई बिस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

त्यस्तै नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषद्‌बी च हस्ताक्षर भएको छ। काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच पनि सम्झौता गरिएको छ।

सम्झौतापत्रमा हस्ताक्षरपछि आयोजित पत्रकार सम्मेलनका क्रममा थाइल्याण्डकी प्रधानमन्त्री शिनवातले थाइल्याण्डले नेपालसँग शिक्षा, हाइड्रोपावर लगायतका क्षेत्रमा सहयोग गर्ने बताइन्। नेपाल र थाइल्याण्ड सरकारबीच लामो समयदेखिको सम्बन्ध रहेको भन्दै यसलाई बचाइराख्नुपर्ने बताइन्।

उनले नेपाल र थाइल्याण्डको निजी क्षेत्रहरूबीच पनि अस्पताल, होटल र अन्य व्यापारको सम्झौता भएको उल्लेख गरिन्। उनले उक्त अवसरमा बिमस्टेक सम्मेलनमा नेपाललाई औपचारिक स्वागत समेत गरिन्।

सम्बन्धित
Loading...