Skin_Hospital_Dhn

फोहोर नगरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद

काठमाडौं: काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका छन्। आजदेखि शिक्षकहरूले थालेको काठमाडौं केन्द्रीत आन्दोलनका क्रममा फोहोर नगरी, केही नभत्काएको भन्दै बालेनले धन्यवाद दिएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महानगरले जरिवाना खोजेको नभई चेतना खोजेको समेत उल्लेख गरेका छन्। उनले शिक्षकहरुलाई यही शिक्षा आफ्ना विद्यार्थीहरूलाई पनि दिन आग्रह गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्– ‘प्रीय शिक्षकहरू, तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभयो, धन्यवाद। हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो। सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो। यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला।’

उनले चेतनशील समाजको निर्माण गर्न पनि सबैलाई आग्रह गरेका छन्। उनले लेखेका छन्– ‘तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा । कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस्।’

सम्बन्धित
Loading...