
धनगढी: होटल पौवा धनगढीले यहीँ चैत २५ गतेदेखि पौवा स्वाद उत्सव २०८१ आयोजना गर्ने भएको छ।

नवौँ स्थापना दिवसको अवसरमा पौवा स्वाद उत्सव आयोजना गर्न लागिएको हो। होटल पौवा धनगढीमा हुने उक्त स्वाद उत्सव बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म हुने जनाइएको छ।

नेपाली मौलिक स्वाद, संस्कृति, तथा आतिथ्य सत्कारको अनुपम संगम स्वादमय उत्सवमा सबैलाई सहभागिता जनाउन होटल पौवा धनगढीले अनुरोधसमेत गरेको छ। स्वाद उत्सव चैत २९ गतेसम्म सञ्चालन हुनेछ।
