
धनगढी । सुदूरपश्चिमको धनगढीमा पहिलो पटक इन्जिनियरहरूका लागि पुल डिजाइन तथा सुपरिवेक्षण सम्बन्धी ५ दिने तालिम सुरु भएको छ।

बुधवार स्केफका महासचिव कमल कार्कीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको तालिमको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले उद्घाटन गरे।
धनगढीको फ्लोरा होटेलमा स्केफ (सोसाइटी अफ कन्सटिङ्ग आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्स नेपाल )को आयोजना र भौतिक पूर्वाधार मन्त्रालय सुदूरपश्चिमको सहयोगमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका गरी ४३ जना इन्जिनियरहरूका लागि पुल डिजाइन तथा सुपरिवेक्षण सम्बन्धी तालीम सुरु गरिएको हो ।
तालिममा कन्सल्टेन्सी, सडक विभाग , पूर्वाधार , कन्स्ट्रक्सन , नगरपालिका र गाउँपालिका बिगिनर्स इन्जिनियरहरुलाइ समावेश गरिएको छ ।
५ दिने सो तालीममा मोट्रेबल ब्रिज सम्बन्धी डिजाइन तथा सुपरिवेक्षणका कुरा सिकाइने नेपाल इन्जिनियर एसोसिएसन का सुदूरपश्चिम प्रदेश सभापति लभ राज जोशीले बताए । डिजाइन एउटा पाटो भयो तर आगामी दिनमा कन्स्ट्रक्सन सुपर भिजन कसरी गर्ने त्यसको लागि तालीमहरू सञ्चालन हुने आसा समेत लिएको उनले बताए ।

त्यस्तै उक्त तालीम लिएपछि इन्जिनियरहरूलाई संसारको जस्तोसुकै पुलहरू पनि निर्माण गर्न सहयोग मिल्ने सिनियर ब्रिज डिजाइन इन्जिनियर रन्जन मानन्धरले बताएका छन् । त्यसैले यस किसिमका तालीमहरू समय( समय लिनुपर्ने उनले बताए ।

