Skin_Hospital_Dhn

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला विजयी

काठमाडौं: त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन्।

उनी ‍१२१५ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार बनेका सागर न्यौपानेले ६८३ मत पाउँदा नेकपा एमाले निकट विद्यार्थी संंगठन अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार प्रमित विष्टले ४३१ मत पाएका हुन्।

नवनिर्वाचित समितिमा सचिव र कोषाध्यक्ष समेत नेविसंघले जितेको छ। सचिवमा आशिष गिरीले ८५६ मत प्राप्त गरे भने कोषाध्यक्षमा दुष्यन्त गौतमले ८८३ मत पाएर निर्वाचित भए। त्रिचन्द्रमा १६ वर्षपछि स्ववियु निर्वाचन भएको हो।

सम्बन्धित
Loading...