
धनगढीः दार्चुलामा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार ५ बजेर ४ मिनेट जाँदा सो भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो। यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो।

यसअघि चैत १३ गते हुम्ला कालिका भएर भूकम्प गएको थियो। भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो।
