
डोटी: सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत डोटीको सीताराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै निर्विरोध निर्वाचित भएको छ।

स्ववियु सभापतिमा नेविसंघका उमेश बलायर,उपाध्यक्ष मनिषा कुमारी भट्ट (रोस्यारा), समानुपातिक सचिव ललितबहादुर साउद,सहसचिवमा लक्ष्मीकुमारी विक,कोषाध्यक्षमा कविताकुमारी बलायर निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक चेतराज भट्टले कान्तिपुरलाई जानकारी दिए।

यस्तै सदस्यहरूमा टिकेश्वरी जैशी,माया बलायर प्रत्यक्षतर्फ निर्वाचित भएका छन् भने समानुपातिकमा यसोदाकुमारी भट्ट,सारदा खड्का र लालमनि भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्।
२७ गते हुने भनिएको निर्वाचनका लागि उक्त क्याम्पसमा क्रान्तिकारीका सबै उम्मेदवारले उम्मेदवारले फिर्ता लिएका हुन्। त्यस्तै सभापतिमा स्वतन्त्र उम्मेदवार रहेकी निर्मला भट्टले पनि उम्मेदवारी फिर्ता लिएपछि नेविसंघ निरविरोध निर्वाचित भएको हो।
