
पाल्पा: पाल्पामा जलेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका ७ पालुङमैनादीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए।

सोही स्थानको कोर्तुङस्थित पालुङ सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा बिहिबार बेलुकी उनको जलेर मृत्यु भएको हो। आगो निभाउँदै गर्दा उनी लडेका थिए। करिब २० तल आगो सल्किरहेको ठाउँमा लडेर पुगेका थिए।
त्यही आगोमा जलेर उनको मृत्यु भएको बेल्बासेले बताए। शुक्रबार बिहान स्थानीयले खबर गरेपछि प्रहरी टोली पुगेको थियो। शवलाई पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
