
धनगढी: गृह मन्त्रालयले कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाएको छ । त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ।

कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुला जिल्लाका सिडिओको सरुवा भएको हो। कञ्चनपुरमा सहसचिव लक्ष्मण ढकाल, प्यूठानमा दीपकराज नेपाल, अर्घाखाँचीमा वेद प्रसाद खरेल, स्याङजामा ईश्वरी प्रसाद अर्याल, लमजुङमा माधव प्रसाद खरेल खटाइएको छ ।

दार्चुलामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत अनिल पौडेललाई सिडिओमा खटाइएको छ। कञ्चनपुरका नारायण प्रसाद सापकोटा, स्याङजाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा आचार्य सुवेदी र दार्चुलाका यज्ञराज जोशीको गृह मन्त्रालयमा सरुवा गरिएको छ।
