Skin_Hospital_Dhn

आज देखी लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैँ

नेपाल पत्रकार महासंघको आयोजनामा आज (बिहीबार) देखी लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैँछ ।

महासंघले आफनो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो । सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुने छन् ।

महासंघका अध्यक्ष विपुल पोखरेलका अनुसार बिहीबार देखी लुम्बिनीमा सुरु हुने र लुम्बिनीमा गरिने मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरण, आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायत अन्य बिषयमा छलफल हुनेछन् ।

सो सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र अनुसन्धाताको समेत सहभागी रहनेछ ।

चैत १६ गते महासंघले स्थापना दिवसको अवसमार पश्चिम नवलपरासीमा प्रभातफेरि गर्नेछ भने परासीमै महासंघको ८औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ ।

सम्बन्धित
Loading...