
काठमाडौं: पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ।

शुक्रबार साँझ जाजरकोट, सुर्खेत, दैलेख, कालिकाेट लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैंक क्षेत्र आसपास केन्द्रबिन्दु रहेको भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड रहेको छ ।

८ बजेर १० मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पपछि मानिसहरु घरबाहिर निस्किएका थिए ।
