Skin_Hospital_Dhn

चेतनाको मृत्युपछि स्थिति तनावग्रस्त, धनगढीमा निषेधाज्ञा जारी

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी रहेको छ। बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान १०ः१५ बजेको समयमा कालिका कन्ट्रक्सनको ना. १ .क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको थियो ।

विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए, भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरुले सडकमा टायर जलाउँदै प्रदर्शन गरेका थिए।

जिल्ला प्रशासन कार्यालय कैलालीले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

आदेश जारी रहने क्षेत्र, मिति र समय :

चार किल्ला – पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलवारी बसपार्क (पुष्पलाल चोक)
पश्चिममा धनगढी उपमहानगरपालिका–४ रातोपुल
उत्तरमा धनगढी उपमहानगरपालिका–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन
दक्षिणमा धनगढी उपमहानगरपालिका–१ र २ स्थित हुलाकी राजमार्ग
मिति र समयः– मंसिर १५ गते बेलुका ७ः०० बजेदेखि मंसिर १६ गते बेलुका ७ः०० बजेसम्म

सो घोषणा अर्को आदेश नआएसम्मका लागि जारी गरिएको हो ।

सम्बन्धित
Loading...