
धनगढी ।
कैलालीमा हाट बजार व्यवस्थापनका लागि १७ जना उत्पादन समूहका सदस्यहरुलाई सामाग्री वितरण गरिएको छ । जिल्लाको गौरीगंगा, घोडाघोडी, भजनी नगरपालिका र कैलारी गाउँपालिकाका उत्पादन समूहका सदस्यहरुलाई सामाग्री वितरण गरिएको हो ।

दिगो विकास समाज भजनी कैलाली र वल्र्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले ती सामाग्री वितरण गरेको हो। प्रतिव्यक्ति ५ हजार ५ सय ५० रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाका अधिकृत प्रभु ढकालले जानकारी दिए।

उनीहरुलाइ प्लास्टिक क्रेट, डिजिटल तराजु र त्रिपाल वितरण गरिएको उनले बताए । हाट बजारमा आफुले उत्पादन गरेका वस्तु नियमित रुपमा बिक्री गरेर हाट बजार व्यवस्थापन गरिने, जीविकोपार्जन गरेर आर्थिक आम्दानी वृद्धि गरेरे वाल संवृद्धि ल्याउने उद्देश्यले कृषि सामाग्री वितरण गरिएको उनलले बताए ।
