Skin_Hospital_Dhn

मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा श्रीमान्-श्रीमतीकै मृत्यु

विराटनगर: मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ।

प्रहरीका अनुसार रतुवामाई नगरपालिका-६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडकमा राति को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा यसमा सवार दम्पतीकै मृत्यु भएको हो।

मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार दम्पती सवार मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा आफैँ अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई-१ कल्याणपुरका ४२ वर्षीय सोम टुडु र पछाडि सवार उनकै पत्नी ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको उनले जानकारी दिए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई स्थानीयले उद्धार गरी उपचारका लागि रंगेली अस्पताल पठाएका थिए। तर उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ।

सम्बन्धित
Loading...