Skin_Hospital_Dhn

अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एकजनाको मृत्यु

अछाम: मासुको सानो हड्डी घाँटीमा अड्किएर अछाममा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा साँफेबगर नगरपालिका–५ नोवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाउँमा खसी काटेर मासु पकाइएको थियो। सोही मासु खाने क्रममा कुँवरको घाँटीमा मासुको सानो हड्डी अड्किएको थियो।

हड्डी अड्किएलगत्तै उनी अचानक बेहोस भएका थिए। उनलाई तत्कालै उपचारका लागि बयलपाटा लैजाने प्रयास गरिएपनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...