Skin_Hospital_Dhn

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

अर्घाखाँची: अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् ।

मालारानी गाउँपालिकाल- ३ लुटिपोखरी-खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप (सिङ्गल क्याब) अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा मालारानी- ४ का जीपचालक २२ वर्षीय दिलीप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

दुर्घटनामा मालारानी- ४ का अन्दाजी १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल घाइते भएका छन् । घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ‘रेफर’ गरिएको छ ।

जीप सडकबाट झन्डै दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मल्लले बताए ।

सम्बन्धित
Loading...