Skin_Hospital_Dhn

सुनको मूल्यमा आज थप गिरावट

काठमाडौँ: शुक्रबार तोलामा तीन हजार नौसय रुपैयाँ घटेको सुनको मूल्यमा आज पनि उल्लेख्य मात्रामा गिरावट आएको छ।

सुनको मूल्य आज तोलामा एक हजार नौसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज प्रतितोला एक लाख ७४ हजार पाँचसय रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला ३ हजार नौसय रुपैयाँ घटेर सुनको मूल्य एक लाख ७६ हजार चारसय रुपैयाँमा झरेको थियो।

गएको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय रुपैयाँमा झरेको छ।

गएको शुक्रबार चाँदीको मूल्य एक हजार नौसय ७० रुपैयाँ थियो। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।

सम्बन्धित
Loading...