
काठमाडौं ।
गठबन्धन बैठक छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चितवन उडेका छन् ।
चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका हुन् ।


मन्त्रालय भागबण्डाका लागि आज बिहान आह्वान भएको बैठक बालुवाटारमा जारी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू अहिले पनि बालुवाटारमा नै छन् ।
उनी दिउँसो एक बजे काठमाडौं फर्किने सचिवालयले जनाएको छ । आजै प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।
