
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको कैलाली बहुमुखी क्याम्पस (केएमसी) का स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका स्वतन्त्र उम्मेदवार तेजबहादुर मल्लले नेविसंघलाई सघाउने भएका छन्।

आइतबार अएक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रय भएको जानकारी दिएका हुन्। उनले नेविसंघको संयुक्त प्यानलाई मतदान गर्न पनि अनुरोध गरेका छन्।

अध्यक्ष पदका लागि नेपाल विद्यार्थी संघबाट सन्तोष पन्त, अनेरास्ववियुबाट यमराज जोशी, नेकपा समाजवादी निकट अनेरास्ववियू र अखिल (समाजवादी)को संयुक्त प्यानलबाट सुनिलराज जोशी, अखिल क्रान्तिकारीबाट पवन सुनार, स्वतन्त्र विद्यार्थी एकता समूहबाट अम्बिका चौधरीले उम्मेदवारी दिएका छन्। कैलाली बहुमुखी क्याम्पसमा यही चैत्र २७ गते स्ववियु निर्वाचन हुँदैछ।
