
धनगढी । कवि तथा सञ्चारकर्मी नवराज लम्सालले न्युज लेख्ने कि भ्युज लेख्ने पत्रकारहरूले सोच्नु पर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङको ६८ औँ स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले आफ्नो सक्रिय पत्रकारिता जीवनको सम्झना गर्दै पत्रकारहरूलाई यस्तो सुझाव दिएका हुन् ।
पत्रकारको पेशागत सुरक्षा र चुनौती विषयमा कुरा गर्दै गर्दा पत्रकारहरूले समाचार लेख्दा निष्पक्ष , विश्लेषण र अनुसधानमा आधारित भएर लेख्ने पर्ने बताएका छन् । ‘ पत्रकारले पूर्वाग्रही भएर या कुनै एउटा व्यक्तिको धारणा र प्रभावमा मात्रै समाचार लेख्ने कि के गर्ने ? त्यो बुझेमा मात्रै पनि न्युज लेख्ने कि भ्युज लेख्ने यो तपाईँहरूले सोच्ने हो ‘ उनले भने
पत्रकारिता पेशा भएका अनेकन चुनौतीका बाबजुद पत्रकारले नआत्तिएर कति पनि विचलित नभएर ,विषयवस्तुको उठान गरे अवश्य पनि सफल भईने र यो सँगै समय समयमा आफ्ना अग्रज पत्रकारहरू सङ्ग समेत सल्लाह र सुझाव लिएर अगाडि बढ्नु पर्ने बताएका छन् ।
पत्रकारिता क्षेत्रमा गर्नुपरेका सङ्घर्षका साथै रोचक क्षण हरू सम्झिँदै उनले भने ‘ पत्रकारले विशिष्ट व्यक्ति सङ्ग लिने अन्तर्वार्ता होस या आम जनसमुदाय सङ्ग सोध्ने कडा किन नहुन् त्यस्ता प्रश्न हरुलाई पनि कलात्मक र सकारात्मक ढङ्गले सोधे आफूले खोजेको र सत्य तथ्य जवाफ समेत निकाल्न सकिन्छ ‘।
समय र प्रविधिको परिवर्तन सँगै समाचारमा भाषाको परिवर्तन गरेर युवा पुस्तालाई आकर्षित समेत गर्न सक्नु पर्ने कवि लम्सालले बताए । साथै पत्रकारहरू आस्थाको हिसाबले विभिन्न सङ्गठनहरूमा आबद्ध भए पनि पहिले हामी पत्रकार हौँ भनेर स्मरण गर्नु आवश्यक रहेको उनले बताएका छन् ।

तसर्थ पत्रकार समाजलाई ऐना देखाउने साथै समाजमा व्याप्त विकृति , विसङ्गतिलाई तोड्ने र न्याय निरूपणमा भूमिका खेल्ने पात्र भएकाले संयम र सहनशील भएर समाज र देशलाई सकारात्मक परिवर्तन तर्फ डोर्याएर अघि बढ्न समेत सुझाव दिए ।
सञ्चारकर्मी नवराज लम्साल एक पुस्ताको लागि रेडियो नेपालको पर्यायवाची नामका रूपमा समेत मानिन्छ । मदन पुरस्कार विजेता डा। कवि नवराज लम्साल सञ्चारकर्मी, साहित्यकार, गीतकार, गजलकारका रूपमा परिचित छन् ।
रेडियोकर्मीका रूपमा ३० वर्ष रेडियो नेपालमा सुनिएको आवाजको नाम हो नवराज लम्साल । पछिल्लो समयमा नेपाली साहित्यको महाकाव्य लेखन तथा प्रकाशनमा नैराश्यता छाएको अवस्थामा लम्सालका ‘कर्ण’, ‘धरा’ र ‘अग्नि’ गरी तीन महाकाव्य प्रकाशित गरेर साहित्य क्षेत्रमा हरियाली छरेका छन् । त्यस्तै उनका दुई गीतिसंग्रह र दुई कवितासंग्रह पनि प्रकाशित छन्। लम्सालको पछिल्लो महाकाव्य ‘अग्नि’ले २०७८ को मदन पुरस्कार प्राप्त गरेको छ ।


