
धनगढीः कैलालीको धनगढीबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-२ को कालिका टोल बस्ने २३ वर्षीय करन महरालाई ५ ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले पक्राउ गरेको थियो। महरालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइन्छ।
