
धनगढी: कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-२ कृष्णनगर बस्ने २४ वर्षीय शिवम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जनाएको छ।
