Skin_Hospital_Dhn

सरकारी चिकित्सकहरुले क्लिनिकहरुमा आफ्नो नाम प्रयोग गर्न नपाउने

काठमाण्डौं ।
अबदेखि सरकारी चिकित्सकहरुले निजी क्लिनिकहरुमा आफ्नो नाम प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी सेवामा कार्यरत चिकित्सकहरुलाई निजी क्लिनिकमा नाम प्रयोग नगर्न निर्देशन दिएको हो ।

मन्त्रालयले हिजो (बुधबार) एक सूचना निकाल्दै मातहतका चिकित्सकहरुलाई निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने गैरव्यवसायिक र अनैतिक कार्य नगर्न आग्रह गरेको थियो ।

‘स्वास्थ्य मन्त्रालय मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमध्ये केहीको नाम निजको स्वीकृतिरसहमति वा सहमतिबिना नै विभिन्न निजी क्लिनिकहरुमा प्रयोग गरिरहेको भन्ने विषय विभिन्न सञ्चार माध्यमहरुबाट आइरहेकोबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ ।

“नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, तथा नियमावली, २०५५, जनस्वास्थ्य सेवा ऐन २०७६ तथा नियमावली, २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २२ मा भएको चिकित्सकको आचारसंहिताको उल्ल्घंन हुने गरी कुनै पनि चिकित्सकहरुले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने जस्ता गैर व्यावसायिक र अनैतिक कार्य गर्न नहुने व्यहोरा सम्बन्धित सबै चिकित्सकका लागि सूचित गरिन्छ”, जारी सुचनामा अगाडि भनेको छ ।

सम्बन्धित
Loading...