
धनगढी: अछामकाे जयगढ बजारमा भीषण आगलागी भएकाे छ। बान्नीगढीजयगढ गाउँपालिका-३ मा पर्ने जयगढ बजारमा मंगलबार साँझदेखि आगलागी भएकाे प्रहरीले साँझ ७ बजेर २० मिनेटदेखि आगलागी भएको भएको हो।

आगलागी अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले बताए।

उनकाअनुसार आगाे नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे टाेली खटिएको छ तर दमकल अभावमा समस्या भइरहेको छ अहिलेसम्म सात वटा पसल जलेर नष्ट भएका छन्। अहिले मंगलसेन नगरपालिकाकाे दमकल घटनास्थल पुगेर आगाे निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
