Skin_Hospital_Dhn

कैलालीबाट लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ

धनगढी ।
कैलालीबाट अवैध लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका—२ की एक किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका—६ का एक किशोर हिजो (बुधवार) राति पक्राउ परेका हुन् ।

प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई लागू औषध खैरो हेरोइन २ ग्रामसहित फेला पारी उनीहरूलाई हिजो (बुधवार) राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित
Loading...