
धनगढी: कैलालीमा हाइसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

जानकी गाउँपालिका–५ अमौरास्थित सडकमा सुपप्र ०१–००१ ज १५९८ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४४ वर्षीया हरू बडुवालको बुधबार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले हाइस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
