Skin_Hospital_Dhn

सुदूरपश्चिममा एसईईको तयारी पुरा, सबैभन्दा धेरै परिक्षार्थी कैलालीमा

धनगढी ।
सुदूरपश्चिम प्रदेशमा माध्यामिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको छ । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा तयारी पुरा भएको शिक्षा विकास निर्देशनालय दीपायलले जानकारी दिएको हो ।

शुक्रबार माध्यामिक शिक्षा परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने भएको छ । सुदूरपश्चिममा दुई सय आठ वटा परीक्षा केन्द्र रहेको निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले एसईईका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भईसकेको बताए । उनले भने –‘परिक्षा केन्द्रमा सुरक्षा व्यवस्था कडाई बनाइएको छ । आवश्यक उत्तरपुस्तिका सबै परिक्षा केन्द्रमा पुगिसकेका छन् । परिक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।’

प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार तीन सय ७६ विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ । प्रदेशमा नियमित धारतर्फ ५० हजार पाँच सय ७४, ग्रेडवृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ दुई हजार नौ सय ४४ विद्यार्थी छन् । सबैभन्दा बढी ५३ केन्द्र रहेको कैलालीमा १७ हजार सात सय ४२ विद्यार्थी र सबैभन्दा कम १२ केन्द्र रहेको डडेल्धुरामा दुई हजार ६ सय ८९ विद्यार्थी छन् ।

सम्बन्धित
Loading...