Skin_Hospital_Dhn

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढिरहेको छ : प्रदेश प्रमुख मियाँ

धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सरकारी तथा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढिरहेको बताएका छन्।

कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवस कार्यक्रम उद्घाटन गर्दै उनले विगतमा भन्दा पछिल्लो समय शिक्षाको गुणस्तर बढिरहेको भन्दै अझै शिक्षालाई प्राथमिकतामा राख्न आवश्यक रहेको औंल्याएका हुन्।

सरकारी तथा सामुदायीक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन सक्दा निजी विद्यालयमा पढाउनुपर्ने बाध्यताको अन्त्य हुन भन्दै उनले सरोकारवाल सबैलाई यसतर्फ ध्यान दिन आग्रह गरे।

दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको चर्चा गर्दै यस्ता विद्यालयहरू सबै पालिकाहरूमा हुन आवश्यक रहेको बताए। प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेश सबै क्षेत्रमा अब्बल रहेको भन्दै सुदूरपश्चिम अब सुन्दर पश्चिम भइसकेको बताए।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, विशेषाधिकार समिति सभापति तुलसी देवकोटा, गोदावरी नगरापालिका मेयर वीरेन्द्र भट्टलगायतको शिक्षाको सुधार आजको आवश्यकता रहेको बताएका थिए।

स्वर्ण महोत्सव आजदेखि तीन दिनसम्म जारी रहनेछ। आज विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुका साथै विभिन्न झाँकी तथा विभिन्न समुदायको पहिचान झल्किने नृत्य प्रस्तुत गरिएको थियो।

सम्बन्धित
Loading...