Skin_Hospital_Dhn

डोटीमा चट्याङ लागेर एकजनाको मृत्यु, सात घाइते

डोटी: डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङले ७ जना घाइते भएका छन्।

गएराति जिल्लाको सायल गाउँपालिका-६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो।

चट्याङबाट लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिना शंकर नागरी घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सो चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइन्छ।

सम्बन्धित
Loading...