
कञ्चनपुर ।
कञ्चनपुरमा अवैध लागू औषध खैरो हेरोइन सहित दुई जनालाई आज (बिहीबार) दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भिमदत्त नगरपालिका—१८ भगतपुरबाट सोही ठाउँ बस्ने रोहित चौधरी र राहुल चौधरी प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले २४ वर्षीय रोहित चौधरी र १९ वर्षीय राहुल चौधरी उक्त लागू औषधसहित खैरो हेरोइन १ ग्राम २८ मिलिग्रामसहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
