
काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५ हजार सात सय रुपैयाँले बढेको जनाएको छ। महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ।
