
काठमाडौँ ।
साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से परिसूचक १०.८७ अङ्कले घटेर १९०८.५५ अङ्कमा बन्द भएको छ ।
आज (बिहीबार)को कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेकका सबै उपसूचक घट्यो । होटल तथा पर्यटन उपसूचक ०.५० प्रतिशतले मात्र बढेको थियो।


हिजो (बुधबार) पनि ८२ करोड हाराहारीकै मात्र सेयर कारोबार भएको थियो । बिहीबार ८९ करोड ९५ लाख रूपैयाँको मात्र कारोबार भयो ।
बिहीबार नेप्सेमा कुल २१५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयर मूल्य घटेको थियो । ४९ कम्पनीको सेयर मूल्य बढ्दा ९ कम्पनीको सेयर मूल्य स्थिर भयो ।
सुपरमाइ हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको थियो । कालिन्चोक दर्शनको सेयर मूल्य ६.०८ प्रतिशत र आरएसडीसी लघुवित्तको सेयर मूल्य २.५७ प्रतिशतले बढेको थियो ।
आदर्श लघुवित्तको सेयर मूल्य ६.०७ प्रतिशत घट्यो । जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य ३.८६ प्रतिशत र सपोर्ट लघुवित्तको सेयर मूल्य ३.७१ प्रतिशतले घट्यो ।
