बाजुरामा चट्याङ लागेर बालिकाको मृत्यु नयाँ सन्देश प्रकाशित मितिः २०८१ चैत्र २८, बिहीबार १५:५२ धनगढी: बाजुरामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनकी नौ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको हो ।