
धनगढीः कैलालीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–५ तारानगरबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने २५ वर्षीय तपेन्द्र शाहलाई पक्राउ गरेको छ।

प्रहरीले उनलाई ३३ ग्राम १० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित बिहीवार नियन्त्रणमा लिएको हो।
यसैगरी घोडाघोडी नगरपालिका–१ सुख्खड बजारबाट ८० मिलिग्राम खैरो हेरोइनसहित घोडाघोडी नगरपालिका–१ सितानगर बस्ने १९ वर्षीय सुनिल मल्ललाई इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
