Skin_Hospital_Dhn

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं: घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको मूल्य आज थप नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ९ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यससँगै सुनको मूल्य लगातार तीन दिन बढेको छ।

हिजो सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ कायम थियो। आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९ सय रुपैयाँ रहेको चाँदीको आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ।

सम्बन्धित
Loading...